सुनचाँदीको भाउ सामान्य घट्यो
काठमाण्डाै – सुनचाँदीको भाउ सामान्य घटेको छ ।
सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेर ९२ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ९३ हजार १ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३
सप्तरी :रामकुमार यादव आफ्ना तीन भाइ एकै पटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन्। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका…


