बैंकिङ कसूर मुद्दाका चारजना फरार प्रतिवादीहरु पक्राउ
मकवानपुर। जिल्ला प्रहरी कार्यालय मकवानपुरले बैंकिङ कसुर मुद्दाका चारजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका- ५ का कौशिमाया स्याङतान, मकवानपुर बकैया गाउपालिका-६ का गंगा लामा, बकैया गाउँपालिका-३ का शिव बहादुर खुलाल र हेटौंडा उपमहानगरपालिका -७ बस्ने दशरथ अर्याल रहेका छन् ।
उच्च अदालत पाटन हेटौडाको २०७७ भाद्र १३ गतेको फैसलाले स्याङतानलाई १० दिन कैद र ४ लाख जरिवाना, अदालत हेटौडा र उच्च अदालत पाटन हेटौडाको फैसलाले लामालाई ३ लाख जरीवाना, मकवानपुर अदालत हेटौडाको फैसलाले २ हजार जरिवाना र चितवन जिल्ला अदालतको फैसलाले अर्याललाई
२ हजार जरिवना सुनाएको थियो ।
पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयले मकवानपुर जिल्ला अदालतमा उपस्थित गराइएको जनाएको छ ।
बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो।
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३
सप्तरी :रामकुमार यादव आफ्ना तीन भाइ एकै पटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन्। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका…


