स्वास्थ्य मन्त्रालयले भन्यो, जे एण्ड जे खोप लगाएकाले पनि बुस्टर लगाउन मिल्छ
काठमाडौं : सरकारले ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने जनाएको छ।
जिल्ला–जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एण्ड जे खोप लगाएकाले के गर्ने भन्ने जिज्ञासा आएपछि मन्त्रालयले सूचना जारी गर्दै बुस्टर मात्रा लगाउन मिल्ने बताएको हो।
मन्त्रालयका अनुसार अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पूरा भई जे एण्ड जे खोप लगाएका व्यक्तिले ६ महिना पुगेपछि बुस्टर मात्रा लगाउन मिल्ने जनाएको छ।
पाएसम्म जे एण्ड जे नै लगाउन मन्त्रालयले सुझाव छ। उक्त खोप नपाएमा जे कोभिशिल्ड, अस्ट्राजेनिका, मोडर्ना वा फाइजर खोप लगाउन सकिने मन्त्रालयले सूचित गरेको छ।

भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३
सप्तरी :रामकुमार यादव आफ्ना तीन भाइ एकै पटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन्। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका…



ghanashyam