केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीवार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतः महाशाखाले जनाएको छ।
दिउँसो प्रदेश १‚ बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हावाहुरी, मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मान्धरले जानकारी दिइन्। उनका अनुसार अन्य प्रदेशहरूमा भने मौमस सफा रहेनछ।
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशको मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३
सप्तरी :रामकुमार यादव आफ्ना तीन भाइ एकै पटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन्। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका…



ghanashyam