कपिलवस्तुमा कुलोको विवादमा कुटपिटबाट वृद्धको मृत्यु
बुटवल । कपिलवस्तुमा सिँचाइ कुलोको विषयमा भएको विवादमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
महाराजगञ्ज नगरपालिका–२ पडरियाका ६८ बर्षका अब्दुल जब्बार धुनियाको कुटपिटबाट मृत्यु भएको हो । स्थानीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षको सम्सुद मुसलमानले धुनिया र ३८ वर्षका अब्दुल रहमानलाई कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते धुनियाको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेकोमा सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न बाबु छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३
सप्तरी :रामकुमार यादव आफ्ना तीन भाइ एकै पटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन्। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका…



ghanashyam