पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल लिटरको १ सय ७८ रुपैयाँ
काठमाण्डाै – नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर तीन रुपैयाँका दरले बढाएको हो । अब पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पुगेको छ ।
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको छ । खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर १ हजार ८ सय रुपैयाँ रहेको छ ।
निगमले विज्ञप्ति निकालेर इन्डियन आयल कर्पोरेसनबाट गएको १६ गते प्राप्त नयाँ खरिद मूल्ययसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ १० पैसा, डिजलमा ७ रुपैयाँ ९८ पैसा, मट्टितेलमा ४ रुपैयाँ ६१ पैसा र हवाई इन्धनमा ७ रुपैयाँ ८० पैसा मूल्य बढेर आएकाले मूल्य बढाएको जनाएको छ ।
यो महिना नेपाल सरकारको ऋण र इण्डियन आयल कर्पोरेसन लिमिटेडलाई तिर्नुपर्ने बक्यौता १६ अर्ब ३० करोड रुपैयाँ रहेको निगमको दाबी छ ।
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३
सप्तरी :रामकुमार यादव आफ्ना तीन भाइ एकै पटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन्। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका…



ghanashyam