अपडेट : दक्षिण भारतमा पहिरोमा परी मृत्यु हुनेको संख्या १५१ पुग्यो
भारतको दक्षिणी राज्य केरलामा मङ्गलबार भारी वर्षापछिको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १५१ पुगेको छ। साथै घाइतेको संख्या ७० पुगेको स्थानीय प्रहरीले बताएको छ।
त्यस्तै, २०२ जना बेपत्ता भएका छन्। केरलाको वायनाड जिल्लाको मेपाडी क्षेत्रमा बिहान २ बजेतिर कम्तीमा तीनवटा ठूलो पहिरो खसेको थियो। भारी वर्षाको बीचमा पनि उद्धार कार्य जारी छ।
प्रभावित क्षेत्रहरूलाई नजिकैको शहर चोरलमालासँग जोड्ने वायनाड जिल्लाको एउटा पुल बगेको छ। भारतीय सेनाले प्रभावित क्षेत्रमा मेडिकल टोलीसहित २२५ कर्मचारी तैनाथ गरेको जनाएको छ।
उद्धारका लागि भारतीय वायुसेनाका दुई हेलिकप्टर परिचालन गरिएको छ। प्रधानमन्त्री कार्यालयले प्रत्येक मृतकका परिवारलाई २ लाख भारतीय रुपैयाँ (लगभग २ हजार ३ सय ८९ अमेरिकी डलर) र प्रत्येक घाइतेलाई ५० हजार भारतीय रुपैयाँ (करिव ५ सय ९७ डलर) क्षतिपूर्ति दिने घोषणा गरेको छ।
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३
सप्तरी :रामकुमार यादव आफ्ना तीन भाइ एकै पटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन्। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका…



ghanashyam