काभ्रेस्थली दुर्घटनामा दुईजनाको मृत्युपछि तनावग्रस्त अवस्था (तस्वीरहरू)
काठमाडौं : तारकेश्वर काभ्रेस्थलीबाट रत्नपार्क जान लागिरहेको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। बा४ ख ७१११ को गाडीको ढोकामा झुण्डिएर बसेका यात्रु बाटोमा रोकिरहेको बा३क १६६६ गाडीसँग ठोकिँदा बिहान करिब ७ बजे तारकेश्वर ८ लामबगरमा दुईजनाको घटस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते एकजनालाई उपचारका लागि हस्पिटल लगिएको छ। अहिले स्थिति नियन्त्रणमा रहेको र दुर्घटनायुक्त गाडीलाई पुलिसको स्कटिङद्वारा बालाजु चौकीमा ल्याइसकिएको बालालु प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकहरूको पहिचान खुल्न बाँकी रहेको बताइएको छ।
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३
सप्तरी :रामकुमार यादव आफ्ना तीन भाइ एकै पटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन्। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका…



ghanashyam