देउवाले उद्घाटन गरे कांग्रेस कोशी प्रदेशको सम्मेलन
काठमाडौं : नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन सुरु भएको छ। सम्मेलनको सभापति शेरबहादुर देउवाले विराटनगरस्थित एक पार्टी प्यालेसमा शनिबार बिहान उद्घाटन गरेका हुन्।
सम्मेलनका लागि उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगन थापालगायत नेता सहभागी छन्। सम्मेलनमा प्रदेश कार्यसमितिको वार्षिक कार्य प्रगतिको समीक्षाका साथै आगामी रणनीतिबारे छलफल गरी निर्णय गरिने कोशी प्रदेश कार्य समितिले जनाएको छ।
कोशीमा संघीयतापछि पहिलोपटक सम्मेलन हुन लागेको हो। संस्थापनइतर पक्षका नेता शेखर कोइरालाले भने आफ्नै प्रदेशको सम्मेलन बहिष्कार गरेका छन्। वरियतामा चित्त नबुझाएका कोइराला आज छुट्टै कार्यक्रमका लागि चितवन जाने कार्यक्रम छ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam