नेपाली सीमामा भारतीय स्काभेटर, दार्चुलामा तनाव
काठमाडौं : दार्चुलास्थित नेपाल-भारत सीमामा तनाव सिर्जना भएको छ। भारतीय स्काभेटर नेपाली सीमा क्षेत्रमा प्रवेश गरेपछि स्थानीयले विरोध जनाएका हुन्।
भारतले महाकाली नदीको धर परिवर्तन गर्न खोजेको आशंकामा विरोध जनाएका हुन्। घटनास्थलमा उपस्थित स्थानीयले स्काभेटर चालकलाई कारबाहीको माग गरेका छन्। प्रहरीले स्काइभेटर चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार भारतले आफ्नो सीमा क्षेत्रमा तटबन्ध गरिरहेको छ। स्काभेटर बिग्रिएपछि चालक नेपालपट्टी मर्मत गर्न आएको र स्थानीयहरुले विरोध गरेको थापाले थाहासञ्चारलाई बताए।
उनले भने, ‘भारततर्फ तटबन्ध निर्माण भइरहेको छ। स्काभेटर बिग्रिएपछि चालकने सजिलो ठाउँ खोज्दै नेपालतर्फ ल्याएको रहेछ। स्थानीयले विरोध गरे। अरू केही होइन। सबै सामान्य छ। हामीले भारतसँग समन्वय गरिरहेका छौँ।’
अहिले अवस्था सामान्य बनेको र भारतको धार्चुला प्रशासनसँग कुरा भइरहेको उनले बताए। स्थानीयहरुले भने भारतले पटक-पटक नेपालमाथि दादागिरी शैली देखाएको भन्दै विरोध गरेका छन्। भारतको दादागिरीविरुद्ध स्थानीय प्रशासन र केन्द्र सरकार मौन रहेको उनीहरुको आरोप छ।
दार्चुलामा यसअघि पनि भारतले महाकाली नदीको धार नेपालतर्फ फर्काउनेगरी तटबन्ध निर्माण गरेको भन्दै विरोध भएको थियो।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam