एनपिएल जितेको उपलक्ष्यमा जनकपुरमा साधुसन्तलाई भण्डारा
काठमाडौं : जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भण्डारा गरेका छन्।
शनिबार भएको एनपिएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित निकालेको थियो। एनपिएल जितेको उपलक्ष्यमा जनकपुरधाममा साधुसन्तहरुलाई बेलाएर भण्डारा गरिएको हो।
जनकपुर बोल्ट्सले एनपिएलको पहिलो उपाधि जितेको खुशीमा साधुसन्तहरुलाई खाना खुवाएको श्री महावीर युवा कमिटी, जनकपुरधामका उपाध्यक्ष सरोजकुमार चौधरीले बताए। उनले शनिबार फाइनलअघि जनकपुरको जितको लागि पूजा आराधना गरेको बताए।
कमिटीले जनकपुर बोल्ट्सको जितका लागि विशेष पूजापाठ र हवन गरेको र आज साधुसन्तहरुलाई भण्डारा खुवाएको उनले बताए।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam