हमासका वरिष्ठ नेता हानियको हत्या गरेको इजरायलले गर्यो स्वीकार
एजेन्सी
हमास समूहका वरिष्ठ नेता इस्माइल हानियको हत्या गरेको इजरायलले स्वीकार गरेको छ। गत जुलाई महिनामा हमास वरिष्ठ नेता हानियको इरानमा हत्या भएको थियो।
त्यतिवेला नै इजरायले हत्या गरेको आशंका गरिए पनि इजरायलले जिम्मेवारी लिएको थिएन । इरान र हमास समूहले इजरायलले नै हानियको हत्या गरेको बताएका थिए । पछिल्लोपटक इजरायली रक्षामन्त्री इजरायल काट्जले हानिय इजरायली आक्रमणमा मारिएको स्वीकार गरेका हुन्।
काट्जले यमनमा हुथी विद्रोही समूहलाई निशाना बनाएर निरन्तर आक्रमण हुने समेत बताएका छन्। यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमाससँगको युद्धविरामका विषयमा सहमति जुट्न लागेको बताएका छन्। उनले युद्धविरामको वार्ता सहमतिको दिशामा धेरै नजिक पुगिसकेको दाबी गरेका हुन्। तर कहिलेसम्म युद्धविराम हुन्छ भन्नेबारे उनले केही नभनेको बीबीसीले जनाएको छ।
यसअघि एक प्यालेस्टाइनी अधिकारीले इजरायल र हमासबीचको युद्धविरामका लागि ९० प्रतिशत तयारी पूरा भएको बताएका थिए। तर केही महत्त्वपूर्ण मुद्दामा सहमति नजुट्दा युद्धविराम घोषणा हुन नसकेको दाबी गरिएको छ ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam