६७ यात्रु बोकेर उडेको विमान कजाकिस्तानमा दुर्घटना
एजेन्सी
कजाकिस्तानको अक्ताउ सहरमा बुधबार एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ।
स्थानीय अधिकारीका अनुसार विमानमा ६७ जना सवार थिए। विमान दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
काजाकिस्तानको आपतकालीन मन्त्रालयले अहिले दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको जनाएको छ।
समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै यो विमान अजरबैजान एयरलाइन्सको रहेको बताएको छ। जुन बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो। तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो।
अजरबैजान एयरलाइन्सको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam