कृष्णनगर उद्योग वाणिज्य संघकाे अध्यक्ष पदमा त्रिकाेणात्मक भिडन्त
कृष्णनगर, ११ पाैष ।
कपिलवस्तुकाे कृष्णनगर उद्योग वाणिज्य संघकाे अध्यक्ष पदमा त्रिकोणात्मक भिडन्त देखिएकाे छ । अध्यक्ष पदमा गुरु शरण सिंह, राम कुमार काैलापुरी, रितेश शर्मा, शंकर प्रसाद शर्मा र श्रवण कुमार सुरेकाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
संघकाे अध्यक्ष पदका लागि ५ जनाले उम्मेवारी दिए पनि
उद्योग वाणिज्य संघकाे पुर्व अध्यक्ष रहेका गुरु शरण सिंह, निवर्तमान अध्यक्ष राम कुमार काैलापुरी र रितेश शर्माबीच त्रिकोणात्मक भिडन्त देखिएकाे छ ।
गुरु शरण सिंहले पुर्व अध्यक्ष भएर वाणिज्य संघलाई व्यवस्थित ढंगले चलाएकाे दावी गरेका छन् । निर्वतमान अध्यक्ष राम कुमार काैेलापुरीले व्यापारीकाे हकअधिकारका लागि उल्लेखनीय भूमिमा निर्वाह गरेकाे हुँदा फेरि अध्यक्ष पदमा उम्मेदवारी दिएर अझै राम्रोसँग संघलाई अगाडी बढाउने उनको भनाइ छ ।
काैलापुरीलाई अध्यक्षमा जिताउन सांसद मंगल प्रसाद गुप्ताकाे समर्थन रहेकाे स्रोतले जनाएको छ । त्यसैगरी रितेश शर्माले पनि अध्यक्ष पद लागि जाेडदार ढंगले लागेका छन् । उद्योग वाणिज्य संघलाई याेजना अनुसार व्यापारी र व्यवसायीकाे संरक्षण र प्रवर्द्धनकाे हिसाबले अगाडी बढाउने उनको भनाइ छ । रितेश शर्मालाई नेकपा एमालेका युवा नेता कुनाल प्रताप शाहकाे समर्थन रहेकाे स्राेतले जनाएको छ ।
उम्मेदवारहरुकाे अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारहरु मतदाताबीच हाेमिएका छन् । यही पुष १९ गते कृष्णनगर उद्योग वाणिज्य संघकाे नयाँ कार्यसमितिको निर्वाचन हुँदै छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam