स्वेज नहरमा यातायात बढाउन नयाँ लेनको परीक्षण
एजेन्सी
स्वेज नहरको नयाँ लेनमा परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। जहाजहरू नहरको दक्षिणी खण्डको १० किलोमिटर खण्डमा दुवै दिशामा जान सक्षम हुने बताइएको छ। स्वेज नहर प्राधिकरण (एससीए) ले ड्रेजिङको काम सकिएपछि दुईवटा जहाजले नयाँ च्यानल प्रयोग गरेको बताएको छ।
एससीएका अध्यक्ष ओसामा रबीले परियोजनालाई प्रमुख गुणात्मक छलांगको रुपमा चित्रण गरेका छन्। जसले नहरको क्षमता र दक्षतामा उल्लेखनीय सुधार गर्नेछ। एससीए अध्यक्षले लेनले जहाजहरूलाई बलियो धारा र मौसम अवस्था नेभिगेट गर्न मद्दत गर्ने बताए।
इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले क्षेत्रीय मुद्दाका कारण २०२४ मा स्वेज नहरको राजश्व ६० प्रतिशतभन्दा बढीले घटेको छ। लाल सागर र बाब अल मन्डब स्ट्रेटमा समस्याका कारण इजिप्टले करिब ७ अर्ब अमेरिकी डलर राजश्व गुमाएको अल–सिसीले बताए।
राजश्व घटे पनि इजिप्टका राष्ट्रपतिले एससीएलाई नहरको प्रवद्र्धन र विकास जारी राख्न निर्देशन दिएका छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam