छाउगोठमा सुतेकी महिलालाई बाघले गर्‍यो आक्रमण

काठमाडौं : कैलालीमा छाउगोठमा सुतिरेहकी एक महिलालाई बाघले आक्रमण गरेको छ ।

मोहन्याल गाउँपालिका–७ कुईनेमा आफ्नै घर नजिकै छाउगोठमा सुतिरहेकी ४५ वर्षीया सरस्वती विकलाई गएराति साढे १० बजेतिर बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट उहाँको टाउको र अनुहारमा चोट लागेको गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्ययले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।

विकलाई छाउगोठमा सुतेको बेला बाघले आक्रमण गरेपछि वरपरका मानिसहरूले होहल्ला गर्दा बाघ भागेको थियो । गाउँपालिका अध्यक्ष उपाध्ययका अनुसार उहाँलाई अहिले उपचारको लागि लम्किस्थित लालरत्न अस्पताल लगिएको छ । सुदुरपश्चिमा महिनावारी भएको बेला छाउगोठ बस्ने चलन अन्त्य नुहँदा महिला असुरक्षित हुने गरेका छन् ।

TOP