काँग्रेस प्रमुख सचेतकले अध्यादेशबाट सरकार चलाउँछौँ भने : माओवादी प्रमुख सचतेक पाण्डे
काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले काँग्रेस प्रमुख सचेतकले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै आपत्ति जनाएका छन्।
मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन्। उनले काँग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अब सरकारले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै यो कुरा प्रतिपक्ष र जनताका लागि राम्रो नभएको बताए। उनले अध्यादेशबाट सरकार चलाउने कुरा जनता र विपक्षी दलहरूका लागि महत्त्वपूर्ण रहेको दावी गरे।
प्रमुख सचेतक पाण्डेले भने‚ ‘मन्त्रीज्युले सरकारको आवश्यकता भएकाले अध्यादेश ल्यायौँ भन्नुभयो। त्यसपछि सदनको सबैभन्दा ठूलो दलको प्रमुख सचेतक माननीज्यूले अब त सरकार अध्यादेशबाट नै चलाउने हो भन्नुभयो। मैले प्रतिप्रश्न गरेँ। यसअघि पनि संसद् विघटन भएकै हो। अहिले ६ वटा त आएकै छ। त्यो ६ वटा अध्यादेश अहिले धेरै दिन छैन, यति थोरै समयमा किन ल्याउनुपर्यो भन्दा सदनमा विधेयक छिटो नआएपछि सरकार त अध्यादेश ल्याएर चलाउँछ भन्नुभयो। यो संसद्मा गम्भीर ढंगले प्रश्न उठाउँछौँ।’
प्रमुख सचेतक पाण्डेले अध्यादेशको बारेमा प्रमुख प्रतिपक्ष दलले संसदमा गम्भीर ढंगले आवाज उठाउने बताए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam