महोत्तरीबाट प्रहरीले नियन्त्रणमा लियो ६ क्विन्टल गाँजा
जनकपुरधाम : महोत्तरी प्रहरीले ६ क्विन्टल गाँजासहित एउटा ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।
भंगाहा नगरपालिका वडा नम्बर –६, मजरा स्थित बर्दिबास–जलेश्वर सडकखण्डमा जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको प्रहरी प्रवक्ता सन्तु जैसवालले बताए।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी नन्दकिशोर प्रसाद चौहानका अनुसार, ट्रकको हुटमा कालो प्लास्टिकले बेरिएको ४० वटा रातो प्लास्टिकका पोका फेला परेको हो। जसमा ६ सय ४ किलो गाँजा रहेको जिल्ला प्रहरी कर्यालय महोत्तरीले जनाएको छ ।
ट्रकका चालक उदयपुरको कटारी नगरपालिका वडा –१ का गणेशबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता जैसवालले जानकारी दिए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam