साइबर अपराध रोक्न विधेयक दर्ता, अभिव्यक्ति स्वतन्त्रता रोक्न होइन : शंकर पोखरेल
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको प्रयोग र नियमनका लागि ल्याइएको विधेयकबारे भ्रम फैलाइएको बताएका छन्।
उनका अनुसार, यो विधेयक साइबर अपराध रोक्नका लागि ल्याइएकाले अभिव्यक्ति स्वतन्त्रता माथि कुनै अंकुश लगाउने उद्देश्य छैन।
सामाजिक सञ्जालमा पोखरेलले लेखेका छन्, ‘विधेयक दर्ता गरिएको हो नियमनका लागि, दुरुपयोग र साइबर अपराध रोक्नका लागि, तर विरोध प्रेस र अभिव्यक्ति स्वतन्त्रताका नाममा सुरु भएको छ।’ उनले थपे, ‘सरकारले न त प्रेस र अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउन चाहेको छ, न त संविधानले त्यसको अनुमति दिन्छ, न त संसद्ले यो काम गर्नेछ।’
सोसल मिडियाको नियमन आवश्यक रहेको बताउँदै उनले भने, ’यो विधेयक प्लेटफर्मको दर्ता र दुरुपयोग तथा त्यसमार्फत हुने अपराध नियन्त्रणसँग सम्बन्धित छ। साइबर क्राइम एक गम्भीर वैश्विक अपराध हो, र यसको नियन्त्रण अपरिहार्य छ।’
विधेयकमा केही अस्पष्टताहरू रहेकाले सुधारको आवश्यकता रहेको पनि उनले बताए। विगतमा आफैले विधेयक मस्यौदा तयार गरेका र त्यसका बारेमा सार्वजनिक राय दिएका दलहरूले अहिले यसको विरोध गर्नुलाई उनले अनैतिक कार्य भएको आरोप लगाए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam