गोलबद्ध हुँदै साना मधेशवादी दल
जनकपुरधाम : तराई–मधेशमा सक्रिय साना दलहरूबीच गठबन्धनको तयारी अघि बढेको छ। आठदलीय मधेशी मोर्चामा अटाउन नसकेका दलहरूबीच मोर्चाबन्दीको गृहकार्य शुरु भएको हो।
पूर्वगृह राज्यमन्त्री रिजवान अन्सारीको नेतृत्वमा गठबन्धन गर्न थालिएको हो। उत्पीडित, उपेक्षित र पिछडा समुदायको हकअधिकारका लागि संघर्ष गर्ने उद्देश्यले विभिन्न १० दलको बैठक सम्पन्न भएको छ।
मंगलबार धनुषाको ढल्केबरमा बसेको बैठकले नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीलाई गठबन्धन निर्माणका लागि जिम्मा दिएको हो।
नेपाल सद्भावना पार्टीका तर्फबाट अध्यक्ष रामकुमार महतो, उपाध्यक्ष अमरेन्द्रकुमार झा तथा महासचिव पवनकुमार साहको उपस्थिति थिए। नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारी, पूर्व प्रदेश गृह, सञ्चार तथा कानूनमन्त्री विमला अन्सारी, नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्रीनारायण ठाकुर, बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता राजाराम पासवान, जनअधिकार पार्टी नेपालका अध्यक्ष इमदाद गद्दी, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य सञ्जय सिंह, नेपाली जनता दल, स्वाधीन मधेश अभियानी लगायतले मोर्चाबन्दीको लागि निकट भविष्यमा अर्को बैठक बस्ने निर्णय गरेका थिए।
बैठकले प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि संघर्ष गर्ने नागरिक समाज तथा राजनीतिक दलको संयुक्त महागठबन्धन बनाउने निर्णय गरेको छ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam