हेटौँडामा ट्रकले अटोलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते
काठमाडौं : मकवानपुरको हेटौँडा उपमहानगरपालिका- ११ थानाभर्याङस्थित पूर्वपश्चिम सडकमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। अटोचालकसहित दुईजना घाइते भएका छन्।
दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका-६ खयरघारीकी ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
शुक्रबार बेलुकी ८ बजेतिर हेटौंडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते बम्जनलाई सीएमसी चुरेहिल अस्पतालमा उपचारको क्रममा राति सवा ९ बजेतिर चिकित्सकले मृत घोषणा गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
अटोमा सवार पूजाका छोरा ११ वर्षीय अमृत घिसिङको चुरेहिल अस्पतालमै उपचार भइरहेको छ। दुर्घटनामा अटो चालक हेटौंडा उपमहानगरपालिका(१९ बाँसघारी बस्ने २५ वर्षीय राजु थिङको टाउकोमा गम्भीर चोट लागेको छ।
अटोलाई ठक्कर दिने ट्रक चालक चितवनको राप्ती नगरपालिका- २ पिप्ले बस्ने ४८ वर्षीय कान्छा राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam