१२ लाख ४० हजार किशोरीले लगाए एचपिभी खोप
काठमाडौं : राष्ट्रिय अभियानको रूपमा सुरु भएको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानमा उल्लेखनीय सहभागिता भएको पाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार माघ २२ गतेदेखि फागुन ०६ गतेसम्म हिमाली ४ जिल्ला बाहेकमा सञ्चालन भइरहेको खोप अभियानमा हालसम्म १२ लाख ४० हजार ७७ अर्थात् लक्ष्यको ७३ प्रतिशत किशोरीले यो खोप लगाइसकेका छन्।
‘यही माघ २२ गतेदेखि फागुन ०६ गतेसम्म हिमाली ४ जिल्ला बाहेकमा सञ्चालन भइरहेको पाठेघरको मुखको क्यान्सर रोकथाममा महत्वपूर्ण भूमिका रहेको एचपिभी खोप अभियानअन्तर्गत मिति २०८१ फाल्गुन १ गतेसम्म १२ लाख ४० हजार ७७ अर्थात् लक्ष्यको ७३ प्रतिशत किशोरीहरूलाई खोप लगाइसकिएको छ’ मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भने।
खोप अभियान फागुन ६ गतेसम्म संचालन गर्ने यसअघि नै मन्त्रालयले घोषणा गरिसकेको छ।
सरकारले यसपटक कक्षा ६ देखि १० कक्षा सम्मका छात्रा तथा विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीहरूलाई एचपिभी खोप लगाउने अभियान सुरु गरेको हो।
यस वर्ष १६ लाख ८० हजार रुपैयाँ किशोरीलाई खोप लगाउने सरकारले लक्ष्य लिएको छ। आगामी वर्षदेखि भने नियमित खोप अभियानमा यसलाई समेट्ने तयारी गरेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam