ब्राजिलद्वारा जुलाई ६ र ७ मा रियो दि जेनेरियोमा ब्रिक्स शिखर सम्मेलनको घोषणा

एजेन्सी

ब्राजिलले जुलाई ६ र ७ मा रियो दि जेनेरियोमा ब्रिक्स नेताहरूको शिखर सम्मेलन आयोजना गर्ने विदेशमन्त्री माउरो भिएराले बताएका छन्। ब्राजिलले २०२५ को लागि ब्रिक्सको अध्यक्षता लिएको छ र शिखर सम्मेलनको लागि एजेण्डा र विषयहरू तयार गर्न कार्य समूहहरूको नेतृत्व गरिरहेको छ। जसले राष्ट्र र सरकार प्रमुखहरूलाई एकसाथ ल्याउनेछ।

शुरुमा २००९ मा ब्राजिल, रूस, भारत र चीनद्वारा स्थापित, दक्षिण अफ्रिका २०१० मा सामेल भएको, ब्रिक्समा अब कुल १० पूर्ण सदस्यहरू छन्। ब्रिक्सका पूर्ण सदस्य र साझेदार २० देशका राष्ट्र प्रमुखहरूलाई स्वागत गर्ने बताए।

TOP