मुक्ति समाज जिल्ला कमिटी कपिलवस्तुको बिस्तारित बैठक सम्पन्न
शम्भु बि.क.
नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटी कपिलवस्तुको बिस्तारित बैठक सम्पन्न भएको छ। नेपाल उत्पीडित जातिय मुक्ति समाज कपिलवस्तुका अध्यक्ष राम प्रकट कोरीको अध्यक्षतामा , नेकपा एमाले जिल्ला कमिटी सचिव सि.बि.गहतराजको प्रमुख अतिथ्यतामा सोमबार बिस्तारीत बैठक बसेको अध्यक्ष कोरीले जानकारी गराउनुभयो।
मुक्ति समाज तथा पार्टीको सदस्यता र नवीकरण धेरै भन्दा धेरै बढाउनु पर्ने र पार्टीलाई सुदृढ बनाउन सबैले आफ्नो ठाउँ देखि पहल गर्नुपर्ने नेकपा एमाले कपिलवस्तु सचिव प्रमुख अतिथि सि.बि.गहतराजले बताउनुभयो । नेपाल उत्पीडित जातिय मुक्ति समाज कपिलवस्तुको अधिबेशन चैत्र १६ गते हुने अध्यक्ष राम प्रकट कोरीले बताउनुभयो । कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका २ गोरुसिङ्गेको त्रिशुली सामुदायिक भवनमा मुक्ति समाजका सदस्य सन्जिव गहतराजको संचालनमा बिस्तारित बैठक सम्पन्न भएको छ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam