सरकारले बलमिच्याइँ गर्न खोज्यो : सांसद शर्मा
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले सरकारले बलमिच्याइँ गर्न खोजेको आरोप लगाएकी छन्।
प्रतिनिधिसभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले यस्तो आरोप लगाएकी हुन्। उनले संसदीय समितिबाट पारित भएको विधेयक समेत मन्त्रीले संशोधन गरेको आरोप लगाइन्। उनले सरकारले संसद्मा विचाराधीन विधेयक समेत फिर्ता नलिई अध्यादेश जारी गरेको र मन्त्रीका होटेलहरूमा समितिको बैठक राख्ने गरेको बताइन्।
उनले संसद्मा प्रतिपक्षी दलका नेताहरूले सोधेको प्रश्नको जवाफ समेत सरकारले नभई सत्तारुढ दलका सांसदहरूले दिने गरेको आरोप लगाएकी छन्।
शर्माले भनिन्‚ ‘हामी देखिरहेका छौं संसद्माथि सरकारको निरन्तर बलमिच्याइँ भइरहेको छ। संसदीय समितिबाट पारित विधेयकलाई मन्त्रीबाट संशोधन हुन्छ। संसद्मा विचाराधीन विधेयक फिर्ता समेत नलिई अध्यादेश जारी हुन्छ, मन्त्रीका होटेलहरूमा समितिका बैठकहरू आयोजना गरिन्छन्। प्रतिपक्षी दलका नेताहरूले सोधेका प्रश्नको जवाफ सरकारले हैन पनि सत्तारुढ दलका सांसदहरूले दिनुहुन्छ। यस प्रकारको गतिविधि रोकिनुपर्छ। शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद्ले संसद्को अधिकार सदुपयोग गर्न पाउनुपर्छ।’
उनले सरकारले संसद्माथि गरिरहेको बलमिच्याइँ रोकिनुपर्ने बताइन्।
थाहा खबर
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam