नेमकिपामा आज नयाँ नेतृत्व चयन, रोहित नै सर्वसम्मत अध्यक्ष बन्ने
काठमाडौं : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशनबाट मंगलबार नयाँ नेतृत्व चयन हुँदैछ।
हिजै पार्टी नेतृत्व चुन्ने पूर्व निर्धारित कार्यतालिका रहे पनि विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले मंगलबार मात्रै चयन हुन लागेको केन्द्रीय सदस्य सरोजराज गोसाईँले जानकारी दिए।
गोसाईँका अनुसार सर्वसम्मत नेतृत्व चयन हुनेछ। यो पटक पनि संस्थापक अध्यक्ष नारायाणमान बिजुक्छे रोहित नै सर्वसम्मत अध्यक्ष बन्ने सम्भावना देखिएको छ । स्रोतका अनुसार बिजुक्छेको विकल्पमा अघि सर्न कोही पनि तयार देखिएका छैनन्।
२०३१ साल माघ १० गते स्थापना भएको पार्टीमा बिजुक्छे स्थापनाकालदेखि निरन्तर अध्यक्ष हुनुहुन्छ । उहाँ सातौं महाधिवेशनसम्म सर्वसम्मत अध्यक्ष बन्दै आएका हुन्।
यसअघि सोमबार बन्द सत्रमा पेश भएका प्रतिवेदनमाथि सात वटा समूह बनाएर छलफल भएको थियो। यस्तै पार्टीको विधान संशोधनबारे बहस, महाधिवेशनको घोषणा पत्र तयारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिलगायत विषयमा छलफल भएको थियो । महाधिवेशनमा ५० जिल्लाका करिब ३०० प्रतिनिधि सहभागी छन्।
थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam