घरेलु कामदारलाई खुकुरी प्रहार गर्ने पक्राउ
विराटनगर : घरेलु कामदारलाई खुकुरी प्रहार गर्ने विराटनगर महानगरपालिका- २ स्थित दुर्गा चोकका सक्षम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ।
कामदारलाई खुकुरी प्रहार गरेर फरार भएका उनलाई करिब ५ घण्टामा प्रहरीले नेपाल–भारत सीमा क्षेत्र नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विराटनगर-२ का अन्दाजी २८ वर्षीय सापकोटाले आफ्नै घरमा काम गर्दै आएका विराटनगर-१ का ५७ वर्षीय रमेश गुप्तालाई खुकुरी हानेर फरार भएको र उनलाई रानी एरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए ।
घाँटीमा चोट लागेका घाइतेलाई उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटा लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ। थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam