राप्रपाको आमसभामा चार जना पक्राउ
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको आमससभामा चार जना पक्राउ परेका छन्।
उक्त आम सभामा घुसपैठको आशंकामा चार जना पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले थाहाखबरलाई जानकारी दिए। उनले भने, ‘घुसपैठको आशंकामा पक्राउ गरेका हौं। अनुसन्धान गर्दैछौ।’
राप्रपाका नेता कार्यकर्ताहरू बल्खुमा भेला आमसभा गरिरहेका छन्। उक्त भेलालाई मध्येनजर गर्दै सरकारले कडा सुरक्षा व्यवस्था गरेको छ। पार्टीले आफ्नो कार्यक्रम शान्तिपूर्ण रहेको भन्दै घुसपैठ गर्नेलाई कारबाहीको चेतावनी दिएको थियो।
गत चैत १५ गते राजावादीको आन्दोलनमा तीनकुनेमा हिंसात्मक घटना भएपछि आज बल्खुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाक्लो मात्रामा उपस्थित भएका छन्। थाहाखबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam