कर्फ्यूपछि वीरगंजको अवस्था सामान्य बन्दै
काठमाडौं : दुुई समूहबीच झडप हुँदा अशान्त बनेको पर्साको वीरगंजमा कर्फ्यू जारी छ।
हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा हिजो भएको झडप अनियन्त्रित भएपछि जिल्ला प्रशासन कार्यालयले साँझ साढे ६ बजेदेखि आज मध्यान्ह १२ बजेसम्म कर्फ्यू लगाएको थियो। पूर्व भेडियाही चौक, पश्चिम सिर्सिया पुल, दक्षिण शंकराचार्य गेट र उत्तरतर्फ गण्डक चौकमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, सभा, बैठक, घेराउ गर्न निषेध गरिएको छ।
अहिले अवस्था सामान्य रहेको र कर्फ्यू हटाउनेबारे सर्वदलीय र सर्वपक्षीय छलफल चलिरहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।
हिजो साँझ पाँच बजेतिर शोभायात्रामा निस्केको समूहमाथि वीरगन्जको श्रीराम हलस्थित जामा मस्जिदबाट एक्कासी ढुंगा प्रहार गरेकोले दुवै पक्षबीच झडप सिर्जना भएको थियो। झडप नियन्त्रण गर्न प्रहरीले दुई राउण्ड हवाई फायर र १ सय ३० राउण्ड अश्रुग्यास प्रहार गरिएको थियो।
प्रहरी र स्थानीय गरी ४० जना घाइते भएका छन्। घाइतेहरूरुको वीरगन्जको नारायणी अस्पताल र अन्य अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए। थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam