प्रजातन्त्रका सेनानी श्रेष्ठको निधन
तनहुँ : तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको निधन भएको छ।
श्रेष्ठको मङ्गलबार साँझ ९३ वर्षको उमेरमा निधन भएको हो। श्रेष्ठ लामो समयदेखि बिरामी थिए। श्रेष्ठ २००७ सालको प्रजातन्त्र स्थापनको आन्दोलन, २०४६ सालको प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलन र २०६२÷०६३ को जनआन्दोलन गरी तीन वटै आन्दोलनमा सहभागी भएका थिए। श्रेष्ठ व्यास नगरपालिकाको पूर्व वडा अध्यक्षसमेत रहका थिए। स्व श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम रहेको छ।
स्वर्गीय श्रेष्ठको निधनमा नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारी, केन्द्रीय सदस्यहरू गोविन्द भट्टराई, ध्रुव वाग्ले, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली लगायतले शोक विज्ञप्तिमा दुःख व्यक्त गर्दै स्वर्गीय श्रेष्ठको निधनले नेपाली काँग्रेसलाई अपूरणीय क्षति पुगेको बताएका छन्।
स्वर्गीय श्रेष्ठले प्रजातन्त्र प्राप्ति र नेपाली काँग्रेस पार्टीका लागि पुर्याएको योगदानको पार्टीले उच्च मूल्याङ्कन गर्ने जनाइएको छ।
थाहा खबर
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam