आज नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवस
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७६ औँ स्थापना दिवस। कम्युनिष्ट घटकहरूले मंगलबार छुट्टाछुट्टै कार्यक्रम गरी मनाउँदैछन्।
लेलिन जयन्तीको अवसरमा सन् १९४९ अप्रिल २२ मा पुष्पलाल श्रेष्ठको अगुुवाइमा निरंकुश शासनको अन्त्य, किसान मजदुरको अधिकार, सामन्तवाद र साम्राज्यवादविरोधी नवप्रजातन्त्रका लागि नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। पुष्पलालसहित नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास श्रेष्ठ, मोतीदेखि श्रेष्ठ लगायत संस्थापक नेता भएकाले एमालेले आफूलाई कम्युनिष्ट आन्दोलनको मूलधार बताउने गरेको छ। उसले प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रमलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने एमाले प्रचार विभाग प्रमुख राजेनद्र गौतमले जानकारी दिए। कार्यक्रममा सात नेता ‘कम्युनिष्ट योद्धा’ सम्मानबाट सम्मानित हुँदैछन्। यस्तै एमालेबाटै छुट्टिएको नेकपा (एकीकृत समाजवादी) ले पनि छुट्टै कार्यक्रम गर्दैछ। उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार पार्टीले एक ब्याङ्क्वेटमा विचार गोष्ठी आयोजना गरेको छ। माओवादीले भने कम्युनिष्ट स्थापना नभई लेलिनको स्मृति लेनिन जयन्ती मनाउँदैछ।
यो ७६ वर्षको अवधिमा कम्युनिष्ट पार्टीबीच विभाजनको श्रृंखला चल्दै आएको छ। २०७४ सालको आमनिर्वाचनमा एमाले र माओवाादीबीच चुनावी गठबन्धन र कालान्तरमा पार्टी एकता गरी नेकपा बनाइए पनि लामो समय टिक्न सकेन। बरु, नेकपाभित्रकै कलहका कारण एमालेमा समेत विभाजन आई माधव नेपाल लगायत नेताले एकीकृत समाजवादीको गठन गरे। उता अर्को कम्युनिष्ट धारको नेतृत्व गर्ने माओवादी पनि टुटफुटबाट गुज्रिरहेको छ।
थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam