चन्द्रकला सचिवमा बढुवा, केदारनाथ भूमि व्यवस्थामा सरुवा
काठमाडौं : सहसचिव चन्द्रकला पौडेल सचिवमा बढुवा भएकी छिन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सहसचिव पौडेल सचिवमा बढुवा भएकी हुन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
२०७० सालमा महिला कोटाबाट सहसचिव बनेकी पौडेल ११ वर्षपछि सचिवमा बढुवा भएकी हुन्। उनीसँगै खुलाबाट सहसचिव भएका शोभाकान्त पौडेल र भूपाल बराल सचिव बढुवाको प्रतिक्षामा छन्।
त्यस्तै रिक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा केदारनाथ शर्माको सरूवा भएको छ। कोशी प्रदेशका प्रमुख सचिव रहेका शर्मालाई भूमि व्यवस्था सचिवमा सरूवा गरिएको हो।
प्रदेशबाट संघमा आउनेमा शर्मा सबैभन्दा सिनियर प्रमुख सचिव हुन्। अर्जुनप्रसाद पोखरेल अवकाश भएपछि रिक्त रहेको भूमि सचिवको जिम्मेवारी शर्माले पाएका हुन्। थाहा खबर
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam