प्रतिनिधिसभाले पारित गर्यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’
काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८१’लाई पारित गरेको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गर्नुभएको सो विधेयकलाई सर्वसम्मतिले पारित गरिएको हो।
त्यसअघि सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसियाले कतिपय ऐनमा रहेको प्राविधिक तथा आनुसाङ्गिक त्रुटि सुधार गर्ने उद्देश्यले ८९ ऐन संशोधन र दुई ऐन खारेजको प्रक्रिया अगाडि बढाइएको बताए। उनले यो विधेयक ऐनका रूपमा कार्यान्वयनमा गएपछि विकास निर्माणको काम थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।
सांसदहरु पूर्णबहादुर घर्ती मगर र प्रेम सुवालले विधेयकका विभिन्न पक्षका बारेमा जिज्ञासा राख्दै सहज कार्यान्वयनका आधार पेस गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १९ गते शुक्रबार ५ः०० बजे बस्नेछ।
थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam