अमेरिकाले युक्रेनको प्राकृतिक संशाधन प्रयोग गर्न पाउनेगरी सम्झौता
अमेरिकाले युक्रेनको प्राकृतिक संशाधन प्रयोग गर्न पाउनेगरी दुई देशबीच सम्झौता भएको छ। अमेरिकाको अर्थ विभागले विज्ञप्ति जारी गरी युक्रेनका लागि पुननिर्माण लगानी कोष बनाउनेगरी सम्झौतामा हस्ताक्षर भएको जानकारी दिएको छ।
सम्झौतामा अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्ट र युक्रेनकी उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले हस्ताक्षर गरेका छन्। यो सम्झौताअनुसार अब अमेरिकाले युक्रेनको दुर्लभ खनिजमा पहुँच पाएको छ। खासगरी पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेन नेतृत्वको सरकारका पालामा अमेरिकाले युक्रेनलाई रुससँगको युद्ध लड्नका लागि ३५० अर्ब डलर बराबरको सहयोग गरेको थियो।
यसको बदलामा अमेरिकाले युक्रेनी खनिजमा आफ्नो पहुँच हुनेगरी सम्झौता गरेको हो। तर सम्झौता दुवै पक्षको हितलाई केन्द्रमा राखेर गरिएको बताइएको छ। अमेरिकाले यो सम्झौताअनुसार किएभको पुननिर्माणमा ध्यान दिने बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने युक्रेनसँगको खनिज सम्बन्धले अमेरिकालाई ठूलो फाइदा हुने बताएका छन्। थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam