पोखरा विमानस्थल काले–काले मिलेर खाउँ भाले भयो : रास्वपा सांसद नेपाली
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले पोखरा विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार छानबिन गर्न माग गरेका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा उनले विमानस्थल ‘काले–काले मिलेर खाऊँ भाले’ भनिएजस्तो भएको टिप्पणी गरे।
सांसद नेपालीले त्यहाँको ब्रह्मलुटको पर्दाफास सरकारले गर्छ कि गर्दैन भन्दै प्रश्न पनि गरे। ‘एउटा उखान छ, काले–काले मिलेर खाऊँ भाले । पोखरा विमानस्थल यस्तै भएको छ’ उनले भने, ‘त्यहाँ भएको ब्रह्मलुटको पर्दाफास सरकारले गर्छ कि गर्दैन?’
सुरुदेखि नै पोखरा विमानस्थल स्वार्थ समूहले कब्जा गरेको दाबी सांसद नेपालीले गरे । ‘२ अर्ब २२ करोड ४० लाख बराबरको कर छुट, २ अर्ब २० करोड रुपैयाँ गैरकानुनी भुक्तानीले के संकेत गर्छ भने यो परियोजना सुरुदेखि नै केही स्वार्थ समूहले कब्जा गरेको थियो’, उनले भने, ‘दोषी सबैलाई कानुनी दायरामा ल्याइयोस्।’ थाहा खबर
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam