मकवानपुरको राक्सिराङमा बोलेरो दुर्घटना, ६ को अवस्था गम्भीर
मनहरी : मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।
राक्सिराङ–९ खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप आज बिहान सवा ८ बजे दुर्घटनामा परेको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरी चौकी कान्द्राङबाट प्रहरी निरीक्षक भरत कुमार खड्काका अनुसार घाइते सबैको उद्धार गरी तत्काल उपचारका लागि मनहरी अस्पताल पठाएको छ।
दुर्घटनामा गम्भीर घाइते हुनेमा राक्सिराङ–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, अन्दाजी ७५ वर्षीय डिलबहादुर घलान, र उनको ७० वर्षीया श्रीमती फुलमाया घलान पनि गम्भीर घाइते भएका छन्। उनीहरूलाई टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ।
त्यस्तै, ३८ वर्षीय रुप बहादुर राउत र ४८ वर्षीय दिपक खड्का पनि गम्भीर घाइते छन्। दीपकलाई टाउको र शरीरमा चोट लागेको छ भने राउतको टाउकोमा चोट लागेको बताइएको छ।
मध्यम घाइते हुनेहरूमा ५० वर्षीय सूर्य अधिकारी र १४ वर्षीय कुमार तामाङ छन्।
सूर्यको हातमा चोट लागेको छ भने कुमारको टाउकोमा चोट लागेको छ। घाइते हुनेमा चालक सोही गाउँपालिका–९ का २८ वर्षीय सुजन तामाङ घाइते भएका छन्। उनलाई पनि अस्पताल पठाइएको छ। गम्भीर घाइतेलाई गाउँपालिकाको एम्बुलेन्सबाट मनहरी पठाइएको हो भने अन्य घाइतेलाई स्थानीय बसमार्फत त्यहाँ पठाइएको हो।
दुर्घटनाको कारण खुल्न नसके पनि प्रारम्भिक अनुमानअनुसार तीव्र गतिका कारण गाडी अनियन्त्रित भई खसेको हुन सक्ने प्रहरीले जनाएको छ। थाहा खबर
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam