‘केई एक्सचेन्ज कर्निभल’ मा ग्राहकले पाउन सक्नेछन् ६ लाख सम्मको छुट

काठमाडौं : इलेक्ट्रिक मोबिलिटीलाई प्रोत्साहन गर्न लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले ‘केई एक्सचेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएका छन्।

वैशाख २६-२८ (मे ९-११) मा काठमाडौंको थापाथलीस्थित केइ शोरुममा आयोजना हुने कार्निभलमा सहभागीले ६ लाख ५ हजार रुपैयाँसम्मको फाइदा लिन सक्नेछन्।

कार्निभलमा पुराना गाडीको मूल्यांकन गराउन सकिने कम्पनीले जनाएको छ । यसका साथै क्यास डिस्काउन्ट, इन्स्योरेन्स तथा सडक करको सम्पूर्ण खर्च कम्पनीले ब्यहोर्ने बताइएको छ। हरेक मूल्यांकनमा सहभागीले दुई क्यूएफएक्स सिनेमा टिकट प्राप्त गर्नेछन् ।

एक्सचेन्ज अफर अन्तर्गत ग्राहकहरुले ई-क्युट ०२ र ०४ मोडलका कारहरूमा विशेष छुट तथा बोनस र एक्स ३ प्रो इभी बुकिङ गर्दा ग्राहकले बोस्च वासिङ मेसिन र ई-क्युट गाडी खरिदमा बोस्च जेट कार वासर प्राप्त गर्नेछन्।

एक्स-३ प्रो एसयूभीको मूल्य ४३ लाख ९६ लाखदेखि सुरु हुने र यसमा अधिकतम ६ लाख ५ हजार रुपैयाँसम्म छुट पाइने कम्पनीले जनाएको छ।

संगीत र खेल गतिविधिले भरिएको यो कर्निभल विद्युतीय कार प्रेमीका लागि रमाइलो अवसर हुने कम्पनीको विश्वास छ।

थाहा खबर

TOP