माधव नोपालको मुटुको रक्तनलीमा देखिएको अवरोध खुलाउन गरियो एन्जिओप्लास्टी
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मुटुको रक्तनलीमा देखिएको अवरोध खुलाउन एन्जिओप्लास्टी गरिएको छ।
हिजो वैशाख २५ गते नियमित स्वास्थ्य परीक्षणका लागि त्रि.वि. मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा गएका उनको मुटुको एन्जिओग्राम परीक्षण गर्दा रक्तनलीमा देखिएको अवरोध खुलाउन चिकित्सकको सुझावअनुसार एन्जिओप्लास्टी गरिएको उनको सचिवालयले जनाएको छ।
सेन्टरका कार्यकारी निर्देशक तथा इन्टरभेन्सन कार्डियोलोजिष्ट प्रा.डा. रत्नमणि गजुरेलको नेतृत्वमा रहेको चिकित्सकको टोलीले गरेको उक्त उपचार पश्चात उनी स्वास्थ्य लाभ लिइरहेका छन्।
सचिवालयले सफल उपचार गर्ने चिकित्सकको टोलीसहित, अस्पताल प्रशासन, नर्स तथा सहयोगी सबैप्रति कृतज्ञता ज्ञापन गर्दै स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेको छ। थाखा खबर
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam