कृष्णनगरद्वारा बालगृहका बालबालिकालाई कपडा प्रदान
कृष्णनगर, २९ बैशाख ।
कपिलवस्तुकाे ताैलिहवामा रहेको बालगृहका बालबालिकालाई कपडा वितरण गरिएको छ । जिल्लाकाे कृष्णनगर नगरपालिकाले बालगृहका बालबालिकालाई कपडा वितरण गरेकाे हाे । नगरले १ लाख रुपैयाँ बराबरको लत्ताकपडा वितरण गरिएको जनाइएको छ । बालगृहमा हाल ३२ जना बालबालिका रहेका छन् ।
साेमबार नगर प्रमुख रजत प्रताप शाहले नगरपालिकाकाे सहयोगमा बालगृहका बालबालिकालाई कपडा उपलब्ध गराइएको बताए । बालगृहका बालबालिकाकाे आवश्यकतालाई मध्यनजर गर्दै सहयोग स्वरुप कपडा वितरण गरिएको उनलेे बताए । यसले समग्र समाजमा सकारात्मक भावनाकाे प्रवाहसँगै बालगृहलाई सहयोग गर्ने प्रेरणा दिने नगर प्रमुुख शाहकाे भनाइ छ ।
गास, बासकाे साथै कपासकाे आवश्यकता रहेको बताउँदै असहाय र अनाथ बालबालिकाकाे शिक्षा, स्वास्थ्य, तथा अधिकार सुनिश्चितताका लागि सबै सराेकारवालाकाे सहयोग जरुरी रहेकाे उनलेे बताए ।

-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam