‘विपद् व्यवस्थापन गर्न सरकारको पूर्वतयारी के छ?’

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विपद्को पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विपद् तयारीमा जुट्न सरकारसँग आग्रह गरेका छन्। उनले प्रि मनसुन शुरु भएको र राजमार्गमा त्रास रहेको बताए। उनले वैशाख १ देखि २८ गतेसम्मको तथ्यांक हेर्दा ७३२ वटा विपद्का घटनाहरू भएकोमा २१ जनाको मृत्यु हुनुका साथै १७ करोड बराबरको क्षति भएको बताए। सरकारका आपसी निकायहरूका बीचमा समन्वय नहुँदा विपद्को उद्धार र व्यवस्थापनमा ढिला भइरहेको उनको भनाइ छ।

सांसद सापकोटाले चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने खोप्लाङमा सडक भासिएका कारण पूर्ण रुपमा बन्द भएको बताउँदै तातोपानीबाट ल्याइएका स्याउ, लसुन लगायत बोकेका ३० वटा कन्टेनर र ५ सय भन्दा बढी विद्युतीय सवारीसाधन तातोपानी क्षेत्रमा अलपत्र परेको बताए। थाहा खबर

TOP