सडक, पुल र भवन बनाउनु मात्र विकास हो भन्ने सनातनी सोचबाट सरकार मुक्त हुन सकेनः सांसद कार्की

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले विकास भनेको सडक, पुल र भवन बनाउने भन्ने परम्परा र सनातनी सोचबाट सरकार मुक्त हुन नसकेको आरोप लगाएकी छिन्।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद कार्कीले १६ औं पञ्चवर्षीय योजना, नीति तथा कार्यक्रम र अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतामा फरक भएको बताइन्।

सरकारले विकासमा निजी क्षेत्रसँग सहकार्य गर्ने भन्ने उल्लेख गरे पनि निजी क्षेत्रलाई सौतेलो व्यवहार गरिरहेको उनको आरोप थियो। बजेटका प्राथमिकतामा वैदेशिक रोजगारीको निर्भरता घटाउने भनिरहँदा रुग्ण उद्योगको स्तरोन्नति र नयाँ उद्योग खोल्ने विषय प्राथमिकतामा नपरेकोमा उनले आपत्ति जनाइन्।

उनले दक्ष जनशक्तिलाई स्वदेशमा नै बस्ने वातावरण बनाउन सरकारले प्राथमिकता नदिएको र दलित किशोरीहरूको सुरक्षाको सवालमा सरकार मौन बसेको आरोप लगाइन्। थाहा खबर

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP