शहिद इच्छुकको स्मृतिमा शैक्षिक सामग्री वितरण
कपिलवस्तु, जेठ १३।
प्रेस सेन्टर नेपाल कपिलवस्तुले शहिद कृष्ण सेन इच्छुकको २३औं स्मृति दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गरिएको छ । मङ्गलवार शिवराज नगरपालिका–४, खरेन्द्रपुरमा रहेको बालहान्स साङ्ग्वेद गुरुकुल आश्रममा अध्ययनरत विद्यार्थीहरूलाई कापी कलम लगायत शैक्षिक सामग्री वितरण गरिएको हो।
कार्यक्रमको अवसरमा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले शहिद कृष्ण सेन इच्छुकको योगदानमाथि चर्चा गर्दै उहाँले लेखनी र विचारका माध्यमबाट सामाजिक रुपान्तरणको सपना देखेको स्मरण गर्नुभयो। “शब्द र सत्यका पक्षपाती सेनलाई विचारको अपराधमा हत्या गरिएको थियो,” अध्यक्ष भुसालले भन्नुभयो, “अब उहाँका अधुरा सपना हामीले पूरा गर्नुपर्नेछ।”
कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपाल कपिलवस्तुका उपाध्यक्ष माधव बेल्वासेले शैक्षिक सामग्री वितरणले विद्यार्थीहरूमा सिकाइको वातावरण सुदृढ हुने र शहीदको सम्झनालाई कर्ममा रूपान्तरण गर्ने प्रयास भएको बताउनुभयो। उहाँले भविष्यको कर्णधार बालबालिकाहरूको शिक्षामा सहयोग पुर्याउनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मनिष गुप्ता, सचिव पिताम्बर घिमिरे, कोषाध्यक्ष सहबाज खान, पुनहरी घिमिरे, जितेन्द्र पुरी लगायतले शहीदको सम्झनामा आ-आफ्ना धारणा राख्दै यस्तो सामाजिक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
बालहान्स साङ्ग्वेद गुरुकुल आश्रमका शिक्षक, विद्यार्थी र अभिभावकहरूले कार्यक्रममा सहभागिता जनाएका थिए। उनीहरूले शैक्षिक सामग्री पाएपछि खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमले ग्रामीण भेगका विद्यार्थीहरूलाई ठूलो राहत मिल्ने बताएका थिए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam