धातु तथा पत्थरका सामाग्री उत्पादन र बजारीकरणका लागि ५० करोड

काठमाडौं : सरकारले आधुनिक प्रविधिको प्रयोग गरी धातु तथा पत्थरका सामाग्री उत्पादन तथा बजारीकरण गर्ने भएको छ । सुन, चाँदी, काँच, तामा, फलाम, छाला, काठ, पत्थर लगायतका सामग्री उत्पादन र बजारीकरणका लागि आगामी आर्थिक वर्षको बजेटबाट ५० करोड विनियोजन गरिएको छ।

सुनचाँदीको गहना निकासी गर्ने उद्योगलाई बण्डिड वेयर हाउसको सुविधा उपलब्ध गराइनेछ। यस्तो उद्योगले निकासी मूल्यको न्यूनतम् ५० प्रतिशत विदेशी मुद्रा अग्रिम भुक्तानी प्राप्त गरेमा सो रकम बराबरको सुनचाँदी खरिद गर्न सक्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ। थाहा खबर

TOP