काँग्रेस र एमालेले प्रतिपक्षी दललाई पुनः भने, ‘गृहमन्त्रीको राजीनामा आउँदैन’

२५ जेष्ठ २०८२, आईतवार
काठमाडौँ, २५ जेठ ।

सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउने विषयमा प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका छन् । सभामुखले सिंहदरबारमा आज बिहान काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन ।

सभामुखले राजनीतिक दलहरूबिच सहमतिका लागि पटक पटक संसद् बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टिसमेत जनाए । संसद् अवरोधका कारण बजेट माथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरेका थिए ।

प्रमुख विपक्षी माओवादी प्रमुख सचेतक पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाउनु भएकाले त्यसपछि आफूहरूको धारणा दिने जानकारी दिए ।

सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र काँग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्‍याएका थिए ।

भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने तथा छानबिन समिति गठन गर्नु पर्ने अडान राखेर संसद्मा निरन्तर अवरोध गरिरहेका छन् । बुटवल टुडे

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP