नेसन्स लिगको उपाधि पोर्चुगललाई
पेनाल्टी सुटआउटमा स्पेनलाई स्तब्ध पार्दै पोर्चुगलले नेसन्स लिगको उपाधि जितेको छ । गए राति भएको खेलमा पोर्चुगलले उपाधि चुमेको हो ।
खेलको २१औँ मिनेटमा स्पेनका मार्टिन जुविमेन्दीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, पोर्चुगलका लागि नुनो मेन्डेसले २६औँ मिनेटमा बराबरी गोल फर्काए ।
त्यस्तै ४५औँ मिनेटमा गोल गर्दै मिकेल ओयारजबलले स्पेनलाई पुनः अग्रता दिलाए । तर ६१औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पोर्चुगलका लागि बराबरी गोल फर्काए ।
त्यसपछि खेलमा कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको हो । जसमा पोर्चुगलले ५-३ ले खेल आफ्नो पक्षमा पार्यो । यो नेसन्स लिगमा पोर्चुगलले जितेको दोस्रो ट्रफी हो । वैखरी
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam