९० वर्षीय वृद्धले गरे श्रीमतीको हत्या
नवलपरासी : पूर्व नवलपुरको देवचुली नगरपालिका-३ आम्बासका एक श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
९० वर्षीय दिलबहादुर थापाले ७६ वर्षीया श्रीमती जमुना थापाको टाउकोमा फलामको रडले प्रहार गरी हत्या गरेको जिल्ला पहरी कार्यालयका सूचना अधिकारी पहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
दम्पतीबीच घरेलु विवाद चर्किँदै जाँदा दिलबहादुरले फलामको रड श्रीमतीको टाउकोमा प्रहार गरेका थिए। घटनास्थलमै जमुनाकोघटनास्थलमै गम्भीर चोटका कारण मृत्यु भएको नेपालले बताए।
घटना बुधबार राति करिब ९ बजे भएको प्रहरीले जनाएको छ। हत्यापछि दिलबहादुर फारार भएका थिए। तर, प्रहरीले उनलाई केही समयमै नियन्त्रणमा लिएको थियो। दिलबहादुरले प्रहरीसमक्ष घटना स्वीकार गरेको पहरी नायब उपरीक्षक नेपालले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थाहा खबर
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam