आज पनि सुनचाँदी व्यवसायीको प्रदर्शन
काठमाडौँ : नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन्।
मंगलवार काठमाडौंस्थित न्युरोडमा सुन व्यवसायीहरूले विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हीरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन्। उनीहरूले सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति र नियमावली एवं निर्देशिका निर्माण गर्न माग गरेका छन्।
प्रदर्शनकारीहरूले हाम्रा कुरा सुन्दे, चाहिए जति सुन दे, उपभोक्तामारा नियम चाहिँदैन, सरकार सुन दे, सुनचाँदीको कानून दे, उच्च कर हटाउ, व्यापार बचाउँ लगायतका प्लाकार्ड र नारासहित विरोध जनाएका हुन्। प्रदर्शनका क्रममा काठमाडौँ सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष दशरथरत्न बज्राचार्यले सुनचाँदी महँगो भइरहेका वेला सरकारले विलासिलता कर लगाउनु अव्यवहारिक भएको बताए।
उनले विलासिलता कर र रत्न आभूषणमा लगाइएको भ्याट खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताए।
सुनचाँदी व्यवसायी संघ काठमाडौंका उपाध्यक्ष बज्राचार्यले भने‚ ‘सुनचाँदी महँगो भइरहेका वेला सरकारले विलासिता कर लगाउनु अनुचित हो। विलासिता कर र रत्नआभूषणमा लगाइएको भ्याट खारेज नभएसम्म आन्दोलन रोकिँदैन। यो माग आम व्यवसायीको मात्रै नभएर आम उपभोक्ताको पनि हो। माग पूरा नहुन्जेल हाम्रो आन्दोलन जारी रहन्छ।’
देशभित्रै हजारौँलाई रोजगारी दिइरहेको क्षेत्रलाई सरकारले डुबाउने नियतले कर नीति लिएको आरोप समेत उनले लगाए।
भक्तपुरमा सुनचाँदी व्यवसायी गर्दै आएका सुनिल बज्राचार्यले सरकारले सुनचाँदीमा विलासिता कर धेरै लगाइँदा ग्राहकलाई समेत ठूलो मार पर्ने बताए। उनका अनुसार हीरा तथा पत्थरमा भ्याट लगाइनु अनुचित हो। थाहा खबर
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam