सनटाउन्सविरुद्ध डटर्मन्डको रोमाञ्चक जित
काठमाडौं
जर्मन क्लब बोरुसिया डर्टमन्डले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा शनिबार दक्षिण अफ्रिकाको मामेलोडी सनडाउन्स एफसीविरुद्ध ४–३ को रोमाञ्चक जित निकालेको छ ।
टिक्यिुएल रंगशालामा डर्टमन्डलाई जित दिलाउन फेलिक्स एनमेचा, सेरहोउ गुइरासी र जोब बेलिङघमले गोल गरे । डटर्ममन्डले अर्को एक गोल भने आत्मघाती उपहार पाएको थियो । मामेलोडीका निम्ति लुकास रिबेरियो कोस्टा, इकरम रेयर्स र लेबो मोथिबाले गोल गरे ।
खेलको ११औँ मिनेटमा कोस्टको गोलमार्फत मामेलोडीले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि नै गोल गर्दै एनमेचाले डर्टमन्डलाई बराबरीमा फर्काए ।
गुइरासीले ३४औँ मिनेटमा गोल गर्दा डर्टमन्ड २–१ ले अगाडि बढ्यो । ४५औँ मिनेटमा बेलिङघमले टोलीका निम्ति तेस्रो गोल गरे ।
खुलिसो मुडाउबाट ५९औँ मिनेटमा आत्मघाती गोल हुन पुग्दा डर्टमन्डको अग्रता ४–१ मा पुग्यो । त्यसको तीन मिनेटपछि मामेलोडीका रेयर्सले गोल गर्दा खेल ४–२ को स्थितिमा आयो । मोथिबाले ९०औँ मिनेटमा गोल गर्दै मामेलोडीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन ।
पहिलो जितसँगै दुई खेलबाट चार अंक जोडेको डर्टमन्ड समूह ‘एफ’को दोस्रो स्थानमा छ । पराजित मामेलोडी समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ ।
फ्लुमिनेस ४–२ उल्सान
आइतबार बिहान भएको यसै समूहको अर्को खेलमा फ्लुमिनेसले उल्सानविरुद्ध ४–२ को जित निकालेको छ ।
प्रतियोगितामा फ्लुमिनेसको यो पहिलो जित हो । जितसँगै दुई खेलबाट चार अंक जोडेको टोली समूहको शीर्ष स्थानमा छ । समान खेल खेल्दा पनि अंकविहीन उल्सान पुछारमा छ । वैखरी
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam