नेपालमा ओमिक्रोनका पाँच नयाँ सब-भेरिएन्ट पुष्टि
९ असार २०८२, सोमबार
काठमाडौं, ९ असार ।
नेपालमा कोरोना भाइरसको ओमिक्रोन प्रकारका पाँचवटा नयाँ उपप्रकारहरू फेला परेका छन्। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जेठ २२ देखि २९ गतेसम्म सङ्कलन गरिएका १४ जना संक्रमितको नमुनामा गरिएको जीन अनुक्रमण परीक्षणपछि उक्त विषयमा पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार सबै प्रदेशबाट सङ्कलन गरिएका नमुनामा ओमिक्रोनका विभिन्न उपप्रकारहरू भेटिएका छन्। तीमध्ये सात नमुनामा “एक्स–एफ–जि”, तीन नमुनामा पनि “एक्स–एफ–जि”, एकमा “एक्स–एफ–जि तीन दशमलव एक” र दुई नमुनामा “जे–एन–एक” नाम दिइएका उपप्रकारहरू फेला परेका हुन्।
बुढाथोकीका अनुसार अहिले देखिएका यी उपप्रकारहरू सजिलै सर्ने खालका भए पनि बढी घातक छैनन्। यस्ता उपप्रकारहरू कोरोना गराउने भाइरसको समयक्रममा हुने रुपान्तरण (अनुवंशिक परिवर्तन) का कारण देखा पर्ने नयाँ रूपहरू हुन्।
महामारी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पुस महिनादेखि हालसम्म २५ जिल्लामा १६७ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै १३१ जना, कोशी प्रदेशमा ४, मधेसमा ५, गण्डकीमा ३ र सुदूरपश्चिम प्रदेशमा २१ जनामा सङ्क्रमण देखिएको छ।
हालसम्म देखिएका नयाँ प्रकारहरूबाट गम्भीर अवस्था देखिएको छैन भने पनि स्वास्थ्य विज्ञहरूले सर्तकता अपनाउन आग्रह गरेका छन्। मास्क प्रयोग गर्ने, भिडभाडमा नजाने, दुरी कायम गर्ने र खोपको सबै मात्रा लगाउन जनस्वास्थ्य सन्देश दिइएको छ।
बुटवल टुडे
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam