घरको छानो खसेर ६० वर्षीय पुरुषको मृत्यु
चन्द्राैटा, ९ असार
कपिलवस्तुमा घरको छानो खस्दा ६० वर्षीय पुरुषको मृत्यु भएको छ । विजयनगर गाउँपालिका-३, जगदीशपुरमा आइतबार राति उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ६० वर्षीय दुर्गा प्रसाद काफ्ले घरभित्रै सुतिरहेको बेला रातभर परेको अविरल वर्षाका कारण घरको छाप्रो अचानक भत्किँदा उनको च्यापिएर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुग्दा काफ्ले मृत अवस्थामा फेला परेका थिए । शवलाई पोस्टमार्टमका लागि बहादुरगञ्ज अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको चन्दकाे भनाइ छ । बुटवल टुडे
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam